एमाले महाधिवेशनमा पूर्वमाओदीको व्यवस्थापनः बादल उपाध्यक्ष, टोपबहादुरलाई उपमहासचिव

काठमाण्डु - नेकपा एमालेको १० औँ महाधिवेशनबाट पूर्वमाओवादी नेता रामबहादुर थापा बादल उपाध्यक्ष भन्ने भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल पछि बादलले उपाध्यक्ष पद पाउने भएका हुन् । पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँगको छलफलबाट तिन पदाधिकारी र २५ केन्द्रीय सदस्य दिन अध्यक्ष ओली सहमत भएका…