काठमाण्डु - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएको हो । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले प्रदर्शन गरुेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप…