काठमाण्डु - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । केहिबेर अघिबाट ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । आइतबारसम्म चल्ने यस बैठकका एजेण्डा शुक्रबार नै स्थायी कमिटीबाट तय भइसकेका छन् । उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका…