पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा नदिन अदालतको अन्तरिम आदेश

काठमाण्डु – कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री उद्धव थापालाई गाडी सुविधा नदिन उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । पूर्वमुख्यमन्त्री थापालाई हलुका सवारीसाधन दिन सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर गरिएको थियो । रिटमाथि…