काठमाण्डु – रुपन्देही र अछाममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । रूपन्देहीको गैडहवा गाउँपालिका–१ गैडहवा बस्ने ५३ वर्षीया ज्ञानमती थारूको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । बाख्रा चराउने भनी गएकी उनको चट्याङ लागेर मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका–७ सुतार बस्ने कमल भण्डारीको घरमा सोमबार बेलुकी चट्याङ पर्दा कमलको छोरा…