काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाण्डुको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाण्डुमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घरबाहिर ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट…