एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल, राष्ट्रिय सभामा बेदुराम भुसाल चयन

काठमाण्डु – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन भएका छन् । आइतबार संसद भवन नयाँबानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकले नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै एकीकृत समाजवादीको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन् । नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी २३ सांसद छन्…