काठमाण्डु- नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आइतबार बस्दै छ । आज बिहान ११ बजेपछि बानेश्वरमा उक्त बैठकले अध्यक्ष माधवकुमार नेपाललाई दलको नेता चयन गर्ने जनाइएको छ । नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एस गठन गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने…