काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३५ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३६ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको…