काठमाण्डु – सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट बुधबार मान्यता पाएसँगै केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी थालेको हो । बिहीबार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।…