योगेश भट्टराई एमाले प्रवक्ताको जिम्मेवारीमा फर्किए

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएसँगै प्रवक्ताको रूपमा काम गर्ने भएका हुन् । २०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए । १० बुँदे सहमति…