कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लाग्यो, समितिले देउवालाई बुझायो प्रतिवेदन

काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । सोमबार साँझ क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्यहरूबीचको बैठकले विवाद समाधान गरेको हो । विवाद टुंगो लागेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको छ । नेतृत्वले महाधिवेशनको संघारमा सदस्यता विवाद नै टुंगो लगाउन नसकेपछि पार्टी कार्यालयमा दिनहुँ…