अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रम पश्चात सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार रहेको भन्दै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत उद्धारका लागि अविलम्व प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् । उनले…