काठमाण्डु – सर्वोच्च अदालतको परामादेशबाट प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आठौँ अधिवेशनमा कुनै पनि विधेयक प्रस्तुत नगरी ‘विजनेस नदिएका’ शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ३७ वटा विधेयकका चाङ छन् । संसद सचिवालयको अभिलेख अनुसार प्रतिनिधिसभाको आठौँ अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता नगरेको देउवा सरकारका लागि संसदलाई ‘विजेनस’दिन अघिल्ला अधिवेशनबाट बिभिन्न चरणमा आएका ३७ वटा विधेयक प्रतिक्षामा…