काठमाण्डु- नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्ने बताएको छ । मंगलबार लुम्बनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले विज्ञप्ति जारी गर्दै सभामुख र प्रदेश सरकार लोकतान्त्रिक विधि, पद्धति र संवैधानिक प्रावधानलाई कुल्चेर अघि बढेको आरोप लगाएका हुन् । दलका नेता शंकर पोखरेलको नेतृत्वमा संविधानको धारा ६८ को उपधारा १…