देउवाले किन बोलाए सिटौलालाई बुढानिलकण्ठ ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई भेट्न बोलाएका छन् । सभापति देउवाले दिउँसो तीन बजेका लागि बुढानिलकण्ठमा छलफलका लागि बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनले पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बताए । शुक्रबार संस्थापन इतर पक्षमा…