काठमाण्डु – शक्ति बाँडफाँडलाई लिएर सत्तारुढ दलहरुबीच विवाद उत्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री दिए मात्र सरकारमा सहभागी हुने अडान लिएपछि गठबन्धनभित्र विवाद सिर्जना भएको हो । उपेन्द्र यादव उपप्रधानमन्त्री लिएर आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री दिन अस्वीकार गरेका छन्…