काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको विषय टुङ्गो लाग्ने बताएका छन् ।बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफलमा उनले मन्त्रिपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा…