विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी

चितवन - खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले काम गर्न लागेको हो । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए । उनका अनुसार…