काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाण्डु - यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरे ।…