मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारमा पाँच मन्त्री थपिए, माओवादीभित्र असन्तुष्टी

काठमाण्डु – सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले माधव नेपाल समूहका पाँच जना नेतालाई आफ्नो मन्त्रिमण्डलमा समावेश गरेका छन् । जसमध्ये, आन्तरिक मामिला तथा कानुनमा पूर्णा जोशी, भौतिक पुर्वाधार मन्त्रालयमा दीर्घ बहादुर सोडारी, आर्थिक मामिला मन्त्रालयमा प्रकाश शाह, उधोग पर्यटन तथा वातावरणमा मानबहादुर धामी , सामाजिक बिकासमा लालबहादुर खडका नियुक्त भएका…