राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले आज शपथ ग्रहण गर्दै

काठमाण्डु – राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज शपथ ग्रहण गर्दैछन् । दिउँसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाका सदस्यमा निर्वाचित देवकोटालाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि यही जेठ ६ गते उपचुनाव…