काठमाण्डु – महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने दावी गरेका छन् । सोमबार विपक्षीको तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले आफूहरूले स्वीकार गरे पनि संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको भन्दै प्रश्न उठाएका छन् । ‘संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेशबीचको…