गण्डकीमा दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी, मनाङ्गे अझै विनाविभागीय

काठमाण्डु – गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका ४ जनामध्ये कुमार खड्का, मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कांग्रेसबाट मन्त्री खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।…