काठमाण्डु - प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित कांग्रेस मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने भएको हो । मुख्यमन्त्री राउत र नेता यादवबीच आज भएको मन्त्रालय बाडफाँटमा यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने…