शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

काठमाण्डु – नेकपा एमालेले शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । शुक्रबार बसेको एमालेको बैठकले सांसद तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको हो । तामाङ यसअघि माधव नेपाल समूहमा सक्रिय थिए ।