अदालतको फरार सूचीमा रहेका विजय गच्छदार सरकार गठनमा सक्रिय

काठमाण्डु – विशेष अदालतको फरार सूचीमा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार नयाँ सरकार गठनमा सक्रिय भएका छन् । अदालतले काठमाण्डुस्थित घरमा म्याद तामेल गर्न आदेश दिएकै दिन गत शुक्रबार गच्छदार तीन दलको बैठकमा सहभागी भएका थिए । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा सहभागी भएका…