काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाबका कारण सांस्कृतिक अतिक्रमण भएको बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको स्वीकार गरेका हुन् । नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका…