काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथी ल्याउन लागिएको भनिएको अविश्वासको प्रस्ताव रोकिएको छ । जसपाका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि दुई दलले मात्र बहुमत जुटाउन नसक्दा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव तत्कालका लागि रोकिएको हो । ८७ सदस्यीय प्रदेश सभामा जसपाका…