काठमाण्डु – प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गरे । प्रतिनिधिसभा,…