काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार साँझ केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको हो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बैठकका निर्णय सार्वजनिक गरेका छन् । बैठकले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरे…