काठमाण्डु – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई कैलालीको टिकापुर हत्या काण्डमा माफी दिन नमिल्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले अदालतबाट सजाय पाएका चौधरीलाई छोड्न नमिल्ने बताएकी हुन् । ‘टीकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई अहिले सरकारले माफी दिने भन्ने कुरा आएको छ’, सांसद पौडेलले भनिन्, ‘यसबारे सरकारको…