अहिले संघीयतामाथि नै प्रहार हुन थालेको छ :उपेन्द्र यादव

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता जस्ता उपलब्धीमा ग्रहण लाग्न थालेको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले यस्ताे बताएका हुन् । त्यस्तै सम्बाेधनकाे क्रममा अध्यक्ष यादवले नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलव्धी जोगाउन नसक्ने नियति भोगि रहनुपरेको समेत बताए ।…