एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित

धनगढी–एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको आजको बैठक स्थगित भएको छ । एमालेको पार्टी विधान अनुसार भन्दै नेकपा (एमाले) का प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बैठक बोलाएका थिए । नेकपा एमालेका नेता एवंम् प्रदेश सांसद झपड बोहराले सांसदहरु होलीको कार्यक्रममा विभिन्न जिल्ला पुगेकाले बैठक स्थगित भएको बताए । उनले चांडै नै संसदिय दलको बैठक बस्ने जानकारी दिए…