धर्मसंकटमा माधव नेपाल समूह

काठमाण्डु – बृहत् नागरिक आन्दोलनले शनिबार काठमाण्डुमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेकपा एमाले नेता माधवकुमार नेपालले पीडायुक्त र अर्थपूर्ण अभिव्यक्ति दिए । उनी अध्यक्ष केपी शर्मा ओलीसँगै एउटै पार्टीमा बस्न चाहिरहेका छैनन् तर बाध्य छन् । ‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाईंहरू संघर्षको मैदानमा…