राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ

काठमाण्डु - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् । काठमाण्डु महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे । निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै…