काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकुहरुलाई केन्द्रमा स्थापित गरिने बताएका छन् । बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजमा स्थापित गर्न पूर्व लडाकुहरुको विशेष पार्टी स्थापना गर्ने बताएका हुन् । साथै उनले पूर्व लडाकूहरुलाई संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भएको स्वीकार…