काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव नेपाल) निकट विद्यार्थी संगठन अनेरास्ववियूले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । जसअनुसार पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१…