प्रचण्ड निकटका पाँच मन्त्री राजीनामा दिने तयारीमा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने सिफारिस गरेपछि पाँच जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरु आन्तरिक छलफलमा जुटिरहेको श्रोतले बतायो । प्रचण्ड निकट मन्त्रीहरु उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको…