काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । आइतवार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवाद थप जटिल मोडमा पुगेको छ । ओलीको उक्त कमदप्रति विरोध गर्दै नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।…