काठमाण्डु – संसद् भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल समूह पनि सहभागी हुने भएका छन् । आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस, जनता समाजवादी पार्टी र प्रचण्ड–माधव नेपाल पक्षधर नेकपा नेताहरुको…