प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भने पनि यो जीवित नै छः प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा जिवितै रहेको बताएका छन् । सोमबार बानेश्वरमा आफू पक्षका सांसदहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गर्दैमा संसद नमर्ने दाबी गरेका हुन् । उनले बहुमत सांसदहरु मिलेर संसदलाई जिवितै स्थापित गर्ने बताएका छन् । ‘हाम्रो अधिकारको अपहरण…