सेनाको एयर एम्बुलेन्सबाट राप्रपा नेता लिङ्देनलाई काठमाण्डु ल्याइयो

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाण्डु ल्याइएको छ । पार्टीका झापा जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।…