काठमाण्डु – सोमबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बिहान राखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेण्डामै छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि सुरु भएको जानकारी दिए । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।…