सेनालाई प्रधानमन्त्रीको निर्देशनः सेनाभित्रै घुसपैठ हुनसक्छ, चनाखो हुनू

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा साम्प्रदायिक भावना फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको बताएका छन् । आइतबार ‘पृतनापति समन्वयात्मक बैठक’को उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री एवम् रक्षामन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहतर्फ इंगित गर्दै जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरेका छन् । ‘राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई…