उपप्रमुखकाे गाडी रोकेको हो,जलाउन खोजेको होइन : नेविसङ्घ

झापा - नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन् । यद्यपि उपप्रमुखले दावी गरेजस्तो सरकारी गाडी जलाउन नखोजेको उनले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका हुन् । नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका…