काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका युवालाई गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोजेर गल्ती नगर्न आग्रह गरेका छन् । देशका विभिन्न स्थानमा राजावादीले शक्ति प्रदर्शन गरिरहेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत युवाहरुलाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘युवासँग आग्रह:…