काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई आज प्रदान गरेका छन् । विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का…