काठमाण्डु – प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने निर्णय सच्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ । प्रदेशको राजधानी र नामाकरणको विषयमा छलफल गर्न बसेको सोमबारको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् । बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बुई चढेर’ राजधानी…