काठमाण्डु – प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गरेका छन् । त्रिविसभाको बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उनले त्रिविले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताए । उच्चशिक्षा मौलिक, विश्वस्तीय एवम् प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिँदै…